global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ मधेश प्रदेश उर्जा मन्त्रालयले सुक्खाग्रस्त क्षेत्रमा राहत दिने

मधेश प्रदेश उर्जा मन्त्रालयले सुक्खाग्रस्त क्षेत्रमा राहत दिने

मधेश प्रदेश उर्जा मन्त्रालयले सुक्खाग्रस्त क्षेत्रमा राहत दिने

जनकपुर । मधेश प्रदेशको ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालयले सुक्खाग्रस्त क्षेत्रका अति जोखिमयुक्त समुदायलाई राहत दिनेसहित आठबुँदे निर्णय गरेको छ ।

मन्त्रालयका निमित्त सचिव रामकुमार खंगको अध्यक्षतामा मन्त्रालयअन्तर्गतका विकास साझेदार र विषयगत क्षेत्रका प्रतिनिधिसहित बसेको बैठकले विभिन्न आठबुँदे निर्णय गरेको हो ।

बैठकले दुई दिनभित्र विकास साझेदारको क्षमता र कार्य क्षेत्रको नक्शाङ्कन गरी समितिमा पेश गर्ने, अति जोखिममा परेका समुदाय र परिवारको पहिचान गरी तत्काल राहत दिने, पालिका तथा जिल्ला विपद् व्यवस्थापन समितिसँग सहकार्य एवम् समन्वयमा आवश्यक कार्य गर्ने निर्णय गरेको छ ।

यस्तै, डिप बोरिङ तथा स्यालो ट्युबवेल जडान गर्नुपर्ने आवश्यकता भए दोहोरोपना नहुनेगरी प्राथमिकता दिने र त्यसका लागि विपद् व्यवस्थापन समितिसँग समन्वय गर्ने, वैकल्पिक कृषिको प्रवद्र्धनमा निजी, विकास साझेदार तथा सरकारको दीर्घकालीन योजना सञ्चालनमा जोड दिने निर्णय भएको छ ।

साथै चुरे संरक्षण तथा प्रवद्र्धनमा जोड दिने, सात दिनभित्र सुक्खाग्रस्त क्षेत्रको विपद् व्यवस्थापन तथा प्रतिकार्य योजना तयार गरी समितिमा पेश गर्नेलगायत निर्णय भएका निमित्त सचिव खंगले जानकारी दिए ।

प्रकाशित समय : ०८:३३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु