global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ आज अन्तराष्ट्रिय मानव बेचबिखन विरुद्ध दिवस विश्वभर मनाइदै

आज अन्तराष्ट्रिय मानव बेचबिखन विरुद्ध दिवस विश्वभर मनाइदै

आज अन्तराष्ट्रिय मानव बेचबिखन विरुद्ध दिवस विश्वभर मनाइदै

काठमाडौं । आज अन्तराष्ट्रिय मानव बेचबिखन विरुद्ध दिवस विश्वभर मनाइदैछ । ‘मानव बेचबिखन संगठित अपराध हो – शोषण अन्त्य गर’ भन्ने नाराका साथ यसबर्ष अन्तराष्ट्रिय मानव बेचबिखन विरुद्ध दिवस नेपालमा पनि विभिन्न कार्यक्रम आयोजना गरेर मनाइदै छ ।

सन् २०१३ मा, संयुक्त राष्ट्र सङ्घको महासभाले विश्वव्यापी कार्य योजनाको मूल्याङ्कन गर्न उच्च स्तरीय बैठकबाट जुलाई ३० लाई मानव बेचबिखन विरुद्धको विश्व दिवसको रूपमा मनाउने निर्णय भएको थियो ।

मानव बेचबिखन एक जघन्य अपराध हो जसबाट संसारका हरेक देश प्रभावित बनेका छन् । नेपाल सरकारले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन, २०६४ र नियमावली, २०६५ को व्यवस्था गरी कार्यान्वयनमा ल्याएको छ ।

प्रकाशित समय : ०८:११ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु