गृहपृष्ठ आठ करोड ३२ लाखमा बन्यो पालिकाको भवन
आठ करोड ३२ लाखमा बन्यो पालिकाको भवन
षडानन्द नगरपालिकाले आठ करोड ३२ लाख लागतमा दिङ्लामा ३० कोठे कार्यालय भवन निर्माण गरेको छ ।
नगरपालिका प्रमुख सुरेन्द्रकुमार उदासले २८ वर्षपछि पालिकाको आफ्नै तीनतले भवन बनेको र मङ्गलबारदेखि नयाँ भवनबाट सेवा प्रवाहले सुरु भएको जानकारी दिए । यसअघि भाडाको भवनबाट सेवा प्रवाह हुँदै आएको थियो ।
प्रकाशित समय : ०८:०९ बजे




















