global ime bank Long Banner Ad

गृहपृष्ठ रामेछापका मूल सडकमा गाडी गुडाउनै कठिन

रामेछापका मूल सडकमा गाडी गुडाउनै कठिन

रामेछापका मूल सडकमा गाडी गुडाउनै कठिन

त्यसैगरी मन्थली–पकरबास–गोगनपानी–गाल्वा सडक अन्तर्गत पकरबास– गाल्पा सडक कालोपत्रे गर्ने अन्तिम म्याद गतवर्षको असार मसान्तसम्म थियो । म्याद सकिएको एक वर्ष बित्दा पनि कालोपत्रे नभएपछि ठाउँठाउँमा हिलो भएको छ ।

पकरवास–गोगनपानी–गाल्वा सडक दश किलोमिटर कालोपत्रे गर्ने जिम्मा अर्याल ब्रदर्श र दिवा भुवनेश्वरी जेभीले  ४३ करोडमा लिएको थियो । ७.५ किलोमिटरको गोगनपानी–धुलेबेसी–भोटनागी सडक निर्माणको जिम्मा  १७ करोडमा गरिमा रौताहा सगुन र पाँच पोखरी कन्सट्रक्सनले लिएको थियो । १८ महिनामा पुरा गर्ने गरी ठेक्का लागेको काम चार वर्षमा सम्पन्न नहुँदा पनि जिल्ला प्राविधिक कार्यालयले कुनै चासो नदेखाएको खाँडादेवी गाउँपालिका–४ का अध्यक्ष कृष्णप्रसाद पौडेलले बताए ।

सोही कार्यालयमार्फत निर्माण भइरहेको खिम्ति–रस्नालु–ठोसे सडक पनि लथालिङ्ग छ । सो सडकमा जिल्लाको उत्तरी क्षेत्र जाने सवारी साधन घण्टौँसम्म हिलोमा फस्ने गरेका छन् । निर्धारित सयमा काम सम्पन्न नगर्ने निर्माण व्यवसायी र त्यसको अनुगमन गर्ने पूर्वाधार विकास कार्यालय प्रमुखलाई गोकुलगंगा गाउँपालिकाका अध्यक्ष काजीवहादुर खड्काले कारबाहीको माग गरेका छन् ।

कार्यालय प्रमुख ज्यानेन्द्रप्रसाद पुनले भने निर्धारित समयमा काम सम्पन्न नगर्ने निर्माण व्यवसायीलाई आफूले सचेत गराएको र पटक–पटक गराउँदा पनि नमानेमा ठेक्का सम्झौता तोडिने बताए।

प्रकाशित समय : ०५:१७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु