global ime bank Long Banner Ad

गृहपृष्ठ निन्दा नदीमा झोलुङ्गे पुल निर्माण

निन्दा नदीमा झोलुङ्गे पुल निर्माण

निन्दा नदीमा झोलुङ्गे पुल निर्माण

यहाँको मेचीनगर–१५ ज्यामिरगढीस्थित निन्दा नदीमा रु चार करोड ३८ लाखको लागतमा झोलुङ्गे पुल निर्माण भएको छ ।

सहरी विकास मन्त्रालयले निर्माण गरेको उक्त पुल ३५० मिटर लामो र पाँच फिट चौडाइको छ । पुलले विचार्नी बजारलाई हेल्दुबारीसँग जोडेको छ । उक्त स्थानमा पुल नहुँदा वर्षौदेखि ज्यामिरगढीका बासिन्दा विचानी–हेल्दुबारी ओहोरदोहोर गर्न बर्खा याममा पाँच किलोमिटरभन्दा टाढा घुम्नुपर्ने बाध्यता थियो ।

पुल निर्माणका लागि मेचीनगर नगरपालिका र थानी कन्स्ट्रक्सन प्रालि काठमाडौँबीच विसं २०७९ असार २२ गते ठेक्का सम्झौता भएको थियो ।

प्रकाशित समय : ०५:१५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु