गृहपृष्ठ पार्टीको मुद्दा जनताको घरदैलोमा लैजान उपेन्द्र यादवको निर्देशन
पार्टीको मुद्दा जनताको घरदैलोमा लैजान उपेन्द्र यादवको निर्देशन
जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टीको सिद्धान्त, नीति र जनहितका मुद्दा घरदैलोमा पुग्न पार्टीसम्बद्ध नेताहरूलाई निर्देशन दिएका छन्।
आज पार्टीको केन्द्रीय कार्यालय, बालकुमारीमा आज सम्पन्न केन्द्रीय विभाग र जनवर्गीय सङ्गठन प्रमुखहरूको संयुक्त बैठकमा उनले हालको अन्यौलपूर्ण राजनीतिक परिस्थितिमा जनताको बीचमा पार्टीको सन्देश पुर्याउनु आवश्यक रहेको बताए।
अध्यक्ष यादवले जसपा नेपालले उठाउँदै आएको कतिपय मुद्दासम्बन्धी सन्देश अझै जनताबीच स्पष्ट रूपमा पुर्याउन नसकिएको भन्दै यसमा गम्भीर भएर लाग्नुपर्ने बताए।
उनले पार्टी सङ्गठन सुदृढीकरण, प्रशिक्षण कार्यक्रम सञ्चालन, नेतृत्व विकास र चुनावी तयारीमा विशेष ध्यान दिनुपर्नेमा जोड दिए।
प्रकाशित समय : २०:५६ बजे



















