global ime bank Long Banner Ad

गृहपृष्ठ अमेरिकामा बाढीको संकटः जलवायु परिवर्तनको गम्भीर संकेत

अमेरिकामा बाढीको संकटः जलवायु परिवर्तनको गम्भीर संकेत

अमेरिकामा बाढीको संकटः जलवायु परिवर्तनको गम्भीर संकेत

सन् २०२५ को गर्मीयाम अमेरिकाको लागि विशेष रूपमा चुनौतीपूर्ण देखिएको छ । देशभर विनाशकारी बाढीहरूका श्रृंखलाले न केवल आपतकालीन सेवाहरूलाई दवावमा पारेका छन्, तर वैज्ञानिकहरूले यसलाई जलवायु परिवर्तनसँग सम्बन्धित खतराको गम्भीर संकेतका रूपमा पनि व्याख्या गरेका छन् ।

अमेरिकी मौसम विभागका अनुसार, यो वर्ष जुलाईसम्म मात्र तीन हजार ६०० भन्दा बढी आकस्मिक बाढी चेतावनी जारी गरिसकिएको छ । यो संख्या वार्षिक औसत (चार हजार)नजिक पुगिसकेको छ र अझ वर्षा जारी रहेमा यसलाई पार गर्न सक्ने अनुमान गरिएको छ ।

सबैभन्दा ठूलो असर टेक्सास राज्यमा परेको देखिएको छ । जुलाई ४ मा आएको बाढीले ग्वाडालूपे नदी उपत्यकामा गम्भीर क्षति पु-यायो ।

स्थानीय अधिकारीहरूले दिएको जानकारी अनुसार, राज्यभर कम्तीमा १३५ जनाको निधन भएको छ । तीमध्ये धेरैजसो कर काउन्टीमा रहेका थिए, जहाँ १०७ जनाले ज्यान गुमाएका छन् ।

करभिल नजिकको नदीमा ४५ मिनेटको छोटो अवधिमा ११.३ मिटरभन्दा बढी पानीको सतह बढेको मापन गरिएको थियो । यसले उद्धारकार्यलाई थप जटिल बनाएको जनाइएको छ ।

वैज्ञानिकहरूको विश्लेषण अनुसार, यस वर्ष समुद्रको सतहको तापक्रम अत्यधिक बढ्दा वायुमण्डलमा जलवाष्पको मात्रा धेरै पुगेको छ, जसले गर्दा वर्षा तीव्र भएको हो ।

जलवायु परिवर्तनका कारण भविष्यमा यस्ता घटना अझ गम्भीर र नियमित हुने सम्भावनातर्फ वैज्ञानिक सचेत गराइरहेका छन् । उनीहरूले बाढीको जोखिम न्यूनीकरणका लागि हरियाली पूर्वाधार, संशोधित भवन मापदण्ड र अद्यावधिक गरिएको बाढी नक्साको आवश्यकता औंल्याएका छन् ।

प्रकाशित समय : २०:५१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु