global ime bank Long Banner Ad

गृहपृष्ठ भारत-इंल्यान्ड चौथो टेस्टः पहिलो इनिङ्समा भारत ३५८ रनमा समेटियो

भारत-इंल्यान्ड चौथो टेस्टः पहिलो इनिङ्समा भारत ३५८ रनमा समेटियो

भारत-इंल्यान्ड चौथो टेस्टः पहिलो इनिङ्समा भारत ३५८ रनमा समेटियो

इंल्यान्डविरुद्धको चौथो टेस्ट क्रिकेटमा भारत ३५८ रनमा अलआउट भएको छ ।

म्यानचेष्टरमा बिहीबार ४ विक्टको क्षतिमा २६४ रनबाट दोस्रो दिनको खेल थालेको भारत थप ९४ रन जोड्दै ३५८ रनमा अलआउट भयो । भारतका लागि साइ सुदर्शनले सर्वाधिक ६१ रन बनाए । यसस्वी जैसवाल ५८, रिसब पन्त ५४, केएल राहुल ४६ र शार्दुल ठाकुर ४१ रनमा आउट भए ।

इंल्यान्डका लागि बेन स्टोक्सले २४ ओभरमा ३ मेडनसहित ५ विकेट लिए । जोफ्रा आर्चरको नाममा ३ विकेट रहँदा लिआम डाउसनले एक विकेट झारे ।

अहिले इंल्यान्डले पहिलो इनिङ्समा ब्याटिङ गरिरहेको छ । पाँच खेलको शृंखलामा इंल्यान्ड २-१ ले अघि छ ।

प्रकाशित समय : २०:१७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु