गृहपृष्ठ गेट कलेज र जापानको टोनो सहरबीच सहकार्य सम्झौता
गेट कलेज र जापानको टोनो सहरबीच सहकार्य सम्झौता
काठमाडौंस्थित ग्लोबल एकेडेमी अफ टुरिजम एन्ड हस्पिटालिटी एजुकेसन (गेट) कलेज र जापानको टोनो सहरबीच पर्यटन तथा आतिथ्य सत्कार क्षेत्रमा विद्यार्थी आदानप्रदानका लागि एक ऐतिहासिक त्रिपक्षीय सहकार्य सम्झौता सम्पन्न भएको छ।
ऐतिहासिक सम्झौतापछि नेपाली विद्यार्थीलाई जापानमा इन्टर्नशिपको अवसर प्रदान गर्नुका साथै दुई देशबीच सांस्कृतिक आदानप्रदान र मानव संसाधन विकासमा नयाँ आयाम थप्नेछ।
यो सम्झौताको मुख्य उद्देश्य नै नेपाली विद्यार्थीहरूलाई जापानी आतिथ्य सत्कार उद्योगको प्रत्यक्ष अनुभव दिलाउनु हो। यस पहलले आतिथ्य सत्कारका लागि आवश्यक मानव संसाधनको विकास मा सहयोग पुर्याउनेछ।
साथै, यसबाट नेपाल र जापानबीच अन्तर्राष्ट्रिय आदानप्रदान र बहुसांस्कृतिक सहअस्तित्वलाई प्रवर्द्धन हुनेछ। यसले भविष्यमा जापानमा विदेशी मानव संसाधन स्वीकार गर्ने आधार तयार पार्न पनि महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ।
बिहीबार आयोजित एक विशेष समारोहमा गेट कलेज, टोनो सिटी र टोनो कं।, लिमिटेडबीच यो महत्वपूर्ण सम्झौतामा हस्ताक्षर भयो। हस्ताक्षर समारोहमा जुममार्फत अनलाइन उपस्थितिमा तीनवटै पक्षका प्रतिनिधिहरूको सहभागिता थियो।
प्रकाशित समय : १८:५८ बजे



















