गृहपृष्ठ प्रभु महालक्ष्मी लाइफको ४५ हजार बढी कित्ता संस्थापक सेयर बिक्रीमा
प्रभु महालक्ष्मी लाइफको ४५ हजार बढी कित्ता संस्थापक सेयर बिक्रीमा
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ४५ हजार भन्दा बढी कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले ४५ हजार ३४० कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।
कम्पनीले संस्थापक सेयरधनी उमेश लाल श्रेष्ठको नाममा रहेको ४४ हजार ५५० कित्ता र लजना श्रेष्ठको नाममा रहेको ८८० कित्ता सेयर बिक्रीका लागि राखेको जनाएको छ । उक्त सेयर हाल कम्पनीकै विद्यमान संस्थापक सेयरधनीले मात्रै किन्न पाउने गरी बिक्रीमा राखिएको हो ।
उक्त सेयर किन्न इच्छुक सेयरधनीले ३५ दिनभित्र काठमाडौंको कमलादीस्थित कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ ।
प्रकाशित समय : ११:०९ बजे



















