गृहपृष्ठ अमिताभ र आमिरका नाममा दर्ता भएका गाडीलाई ३८ लाख जरिवाना

अमिताभ र आमिरका नाममा दर्ता भएका गाडीलाई ३८ लाख जरिवाना

अमिताभ र आमिरका नाममा दर्ता भएका गाडीलाई ३८ लाख जरिवाना

बलिउड सुपरस्टार अमिताभ बच्चन तथा आमिर खानका पुराना लक्जरी गाडीहरू कर विवादमा तानिएका छन् ।

ती गाडीहरू हाल व्यवसायी तथा राजनीतिज्ञ युसुफ शरीफको स्वामित्वमा छन्, जसलाई ‘केजीएफ बाबू’ को उपनामले चिनिन्छ । कर्नाटक क्षेत्रीय यातायात कार्यालय (आरटीओ) का अनुसार, ती गाडीहरूको रोड ट्याक्स (सवारी कर) नतिरेको पाइएपछि शरीफमाथि ३८ लाख रुपैयाँ बराबरको जरिवाना लगाइएको हो ।

आरटीओका अनुसार, दुई वटा लक्जरी गाडीहरू अझै पनि अमिताभ बच्चन तथा आमिर खानको नाममा दर्ता छन्, यद्यपि ती वर्षौँअघि युसुफ शरीफले किनेका थिए । गाडीहरू बेचिए पनि रजिस्ट्री ट्रान्सफर नगरेका कारण हालसम्म ती अभिनेताहरुकै नाममा रहेका हुन् ।

बच्चनको मोडेल २०२१ देखि तथा आमिरको मोडेल २०२३ देखि बेंगलुरुमा प्रयोग भइरहेको छ । कर्नाटक मोटर सवारी ऐन अनुसार, राज्यमा एक वर्षभन्दा बढी समय प्रयोग भइरहेका बाह्य राज्य दर्ता भएका गाडीहरूलाई पुनः दर्ता गरी स्थानीय रोड ट्याक्स तिर्नुपर्ने हुन्छ ।

बच्चनको गाडीमा १८ लाख ५३ हजार भारु तथा आमिरको गाडीमा १९ लाख ७३ हजार भारु रुपैयाँको जरिवाना लगाइएको छ । दुवैलाई रोड ट्याक्स नतिरेको तथा आवश्यक दर्ता प्रक्रिया पुरा नगरेको भन्दै कारवाही गरिएको हो ।

प्रकाशित समय : १०:२२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु