global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ मन्दिरमा हत्या गरिएका व्यक्तिको पहिचान खुल्यो

मन्दिरमा हत्या गरिएका व्यक्तिको पहिचान खुल्यो

मन्दिरमा हत्या गरिएका व्यक्तिको पहिचान खुल्यो

सिन्धुलीको दुधौली नगरपालिका–२ लामीडाँडास्थित मधुगंगा महादेव मन्दिरमा सोमबार हत्या गरिएका व्यक्तिको पहिचान खुलेको छ । हत्या गरिएका व्यक्ति भारतको सितामडी भवदेपुर–११ का पंकजकुमार भगत रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिए ।

उनका अनुसार, उनी मधुगंगा महादेवको दर्शन गर्न आएका थिए । शव परीक्षणपछि उनको परिवारको जिम्मा लगाइनेछ । मृतकका माइला दाजु रञ्जित भगतले सिन्धुली अस्पतालमा आएर मृतकको सनाखत गरेका हुन् ।

सोमबार बिहान शव भेटिएको थियो । प्रारम्भिक अनुसन्धानमा मृतकको छातीमा धारिलो हतियार प्रहार भएको देखिएको प्रहरी उपरीक्षक सुवेदीले बताए । प्रहरीले घट्नास्थलबाट धारिलो हतियार चुप्पी र खुपा बरामद गरेको थियो ।

प्रहरीका अनुसार, पंकज साथीहरूसँग मधुगंगा महादेवको दर्शन गर्न आएका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको छ । उनीसँगै आएका सबैजना फरार रहेका र घटनामा संलग्नलाई चाँडै पक्राउ गरिने प्रहरी उपरीक्षक सुवेदीले बताए । घटनामा संलग्न व्यक्तिबारे किटानी जाहेरी आएको छ । रासस

प्रकाशित समय : १४:५० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु