global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ एकैदिन २६ अर्बले बढ्यो निक्षेप बैंकमा निक्षेप ७३ खर्ब नजिक

एकैदिन २६ अर्बले बढ्यो निक्षेप बैंकमा निक्षेप ७३ खर्ब नजिक

एकैदिन २६ अर्बले बढ्यो निक्षेप  बैंकमा निक्षेप ७३ खर्ब नजिक

बैंकमा निक्षेप बढेर लगभग ७३ खर्ब पगेको छ । पछिल्लो तथ्यांकअनुसार बैंकहरुको कुल निक्षेप ७३ खर्ब नजिक पुगेकेो हो।

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार गत आर्थिक वर्षको अन्तिम दिन असार ३२ गतेसम्म बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ७२ खर्ब ९२ अर्ब रुपैयाँ पुगेको हो। यो दिन बैंकहरुको निक्षेप एकैदिन २६ अर्ब रुपैयाँले बढेको छ। अघिल्लो दिन असार ३१ गतेसम्म बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ७२ खर्ब ६६ अर्ब रुपैयाँ थियो।

असार ३२ मा बैंक तथा वित्तीय संस्थाबाट एकैदिन ११ अर्ब रुपैयाँ कर्जा लगानी गएको छ। योसँगै बैंक तथा वित्तीय संस्थाको कुल कर्जा लगानी ५६ खर्ब पुगेको छ। अघिल्लो दिन असार ३१ गतेसम्म कुल कर्जा लगानी ५५ खर्ब ८९ अर्ब रुपैयाँ थियो।

कर्जा लगानीको तुलनामा निक्षेप थुप्रिने क्रम बढेसँगै बैंक तथा वित्तीय संस्थाको औसत सीडी रेसियो ७५.७८ प्रतिशत कायम भएको छ। अन्तर बैंक ब्याजदर भने २.८७ प्रतिशतमा झरेको छ।

प्रकाशित समय : १४:५४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु