काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

इन्डोनेसियामा पानीजहाजमा आगलागी हुँदा तीन जनाको मृत्यु, पाँचसयभन्दा बढीको उद्धार

1.44K
shares

इन्डोनेसियाको सुलावेसी टापुमा एक पानीजहाजमा आगलागी हुँदा तीन जनाको मृत्यु हुनुका साथै ५०० भन्दा बढीको उद्धार गरिएको अधिकारीहरूले सोमबार बताएका छन् ।

इन्डोनेसियाली तट रक्षकका अनुसार केएम बार्सिलोना–५ को जहाजमा आइतबार आगलागी भएको थियो ।

कुल ६०० यात्रु बोक्ने क्षमता रहेको पानीजहाजमा टिकट लिई यात्रा गरिरहेका यात्रुको सङ्ख्या २८० रहेको थियो भने १५ जना चालकब दलका सदस्य थिए ।

पानीजहाजमा भएको आगलागीपछि भएको उद्धार प्रक्रिया अझै पनि जारी रहेको छ ।

खराब मौसमका कारण बालीको लोकप्रिय रिसोर्ट टापुमा एक डुङ्गा डुबेको र १९ जनाको मृत्यु भएको केही हप्तापछि आइतबार अर्को दुर्घटना भएको हो ।