काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

एमाले सचिवालय बैठक जारी

1.21K
shares

नेकपा एमालेको सचिवालय बैठक केन्द्रीय कार्यालय च्यासलमा जारी छ।

बैठकमा विधान महाधिवेशनको एजेण्डामा औपचारिक छलफल सुरु हुने बताइएको छ।

सचिवालय बैठक पोलिटब्युरो र केन्द्रीय कमिटी बैठकको तयारीका लागि बोलाइएको हो, जसका लागि आगामी साउन २ र ५ गते बैठकहरू राखिएको छ।

एमालेले आगामी भदौ २०, २१ र २२ गते ललितपुरको गोदावरीमा दोस्रो विधान महाधिवेशन आयोजना गर्ने निर्णय गरेको छ। यसैको तयारीका लागि सचिवालय, पोलिटब्युरो र केन्द्रीय कमिटी बैठकलाई क्रमशः बोलाइएको बताइएको छ।