गृहपृष्ठ ओलम्पिक फर्किएको क्रिकेटको मिति र खेलस्थल सार्वजनिक
ओलम्पिक फर्किएको क्रिकेटको मिति र खेलस्थल सार्वजनिक
एक सय २८ वर्षपछि ओलम्पिक खेलकुटमा समावेश भएको क्रिकेटको मिति र खेलस्थल सार्वजानिक गरिएको छ।
अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी-आईओसी-ले टी-२० अन्तर्राष्ट्रिय फर्म्याटमा हुने क्रिकेटको पुरुष र महिला दुवैतर्फको खेल २०२८ को जुलाई १२ देखि जुलाई २९ सम्म सञ्चालन हुने जानकारी गराएको छ।
क्रिकेटको स्वर्णको छिनोफानो भने महिलाको जुलाई २० मा र पुरुषको २९ मा हुने छ। प्रतियोगितामा पुरुष र महिला दुवैतर्फ ६-६ टोली रहनेछन्। प्रत्येक टोलीमा १५ जना खेलाडी हुने गरी ९० खेलाडीको कोटा राखिएको छ।
सबै खेल लस एञ्जलसबाट करिब ५० किलोमिटर टाढा रहेको पोमोना फेयरप्लेक्स मैदानमा हुने आईओसीले जनाएको छ। अधिकांश दिन डबल-हेडर खेलहरू हुने छन्।
सहभागी हुने ६ टोलीहरूको छनोट प्रक्रिया भने अझै तोकिएको छैन्। आगामी जुलाई १७ देखि सिंगापुरमा सुरु हुने आईसीसीको बोर्ड बैठकबाट निर्णय हुने संभावना रहेको छ।
प्रकाशित समय : १३:२७ बजे



















