गृहपृष्ठ वनमन्त्री शाहीले गरे एक बर्षे कार्यकालको उपलब्धि सार्वजानिक
वनमन्त्री शाहीले गरे एक बर्षे कार्यकालको उपलब्धि सार्वजानिक
काठमाडौं । वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले आफ्नो एक वर्षे कार्यकालको उपलब्धि सार्वजनिक गरेका छन्।
बुधबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री ठकुरीले २०८१ असार ३१ गते वर्तमान सरकार गठन भएयता मन्त्रालय मार्फत भएका कामहरूको विवरण प्रस्तुत गरेका हुन्।मन्त्री ठकुरीले आफ्नो एक वर्षको कार्यकाल औसत रूपमा सफल रहेको दाबीगर्दै देश र वन क्षेत्रको सन्तुलित विकास गर्न सफल भएको बताए।
उनले हरित अर्थतन्त्रको दिशा अवलम्बन गर्दै आवश्यक कानुनी सुधार गरिएको र नीतिगत तथा प्रक्रिया गत सुधार गरी वन तथा वातावरण मन्त्रालयको सेवामा सुधार ल्याइएको उल्लेख गरे।उनका अनुसार, वन, वातावरण संरक्षण र जलवायु कार्यका लागि वैदेशिक अनुदानमा सम्झौता भएको छ।
साथै, हिमाली क्षेत्रका बासिन्दाको जीविकोपार्जनका लागि यार्सागुम्बा निकासीको निर्देशिका तयार पारी कार्यान्वयनमा ल्याइएको छ।
मन्त्री ठकुरीले वनक्षेत्रको वृद्धि, विस्तार र काठको उपयोगमा समेत वृद्धिभएको दाबी गरे । उनले मन्त्रालयको मुख्यकार्यभार वन क्षेत्रलाई घट्न नदिनु रहेको र मुलुकलाई काठमा आत्मनिर्भर बनाउनमा केन्द्रित रहेको बताए। वनभित्र रहेका सडेगलेका रुखहरूको उपयोगमा बढावा दिइएको पनि उनको भनाइ छ।
‘काठको उत्पादनमावृद्धि गरी काठमा देशलाई आत्मनिर्भर बनाउनको लागिहामी केन्द्रित भएका छौँ। वनभित्र रहेका सुकेका तथा कुहिएका काठहरूको उपयोग गरी वन क्षेत्रलाई सफा र काठको उपयोगलाई बढावादिने लक्ष्य राखेका छौँ । यो वर्ष वन उद्यमशीलता र रोजगारीमा पनि वृद्धिभएको छ। यो वर्ष ४१ हजार जनालाई प्रत्यक्ष रोजगारी दिइएको छ’उनले भने।
प्रकाशित समय : १२:४८ बजे



















