गृहपृष्ठ सर्यो सामान्य प्रशासनमन्त्री न्यौपानेको शपथ ग्रहणको समय
सर्यो सामान्य प्रशासनमन्त्री न्यौपानेको शपथ ग्रहणको समय
काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेको शपथ ग्रहणको समय सरेको छ । राष्ट्रपति कार्यालयका अनुसार उनको शपथ आज साँझ ६ बजे हुने तय भएको हो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले मंगलबार आज दिउँसो ३ बजे हुने जानकारी दिएको थियो । त्यो समयमा तीन घण्टा पर सारिएको हो ।
न्यौपानेलाई मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले सामान्य प्रशासनमन्त्री नियुक्त गरेका थिए ।
प्रकाशित समय : १२:०३ बजे


















