global ime bank Long Banner Ad

गृहपृष्ठ सिद्धार्थ बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

सिद्धार्थ बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

सिद्धार्थ बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

सिद्धार्थ बैंकको ऋणपत्रमा आवेदन दिने आज असार ३२ गते अन्तिम दिन रहेको छ । बैंकको ऋणपत्रमा आज कार्यालय समयसम्म मात्र आवेदन दिन सकिनेछ ।

बैंकले असार २९ गतेबाट २ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गरेको हो । बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरमा २५ लाख इकाई ऋणपत्र जारी गरेको हो । यसमध्ये १५ लाख इकाई बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गरेको हो । बाँकी १० लाख इकाई सर्वसाधारणका लागि खुला गरेको छ ।

वार्षिक ७.२५ प्रतिशत ब्याजदर भएको “एसबीएल डिबेन्चर २०९१” को अवधि १० वर्ष रहेको छ ।

ऋणपत्र बिक्रीका लागि एनएमबि क्यापिटललाई निष्कासन तथा बिक्री प्रबन्धक तोकिएको छ । यसमा न्यूनतम २५ इकाईदेखि अधिकतम सम्पुर्ण इकाईसम्म आवेदन दिन सकिनेछ ।

प्रकाशित समय : १०:५० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु