गृहपृष्ठ नेपाल बैंक लि. द्वारा बीमा दाबी रकम भुक्तानी
नेपाल बैंक लि. द्वारा बीमा दाबी रकम भुक्तानी
मकवानपुर जिल्ला मकवानपुर थाहा नगरपालिका वडा नं. १ स्थित श्री झम्केश्वरी मा.विका शिक्षक तथा यस बैंकको पालुङ शाखामा कर्मचारी तलब खाताका ग्राहक समेत रहेको रघुनन्दन यादवकोे मकवानपुर जिल्लाको थाहा नगरपालिका वडा नं. ३ मा सडक दुर्घटनामा परी देहावसान भएको हुँदा निजको परिवारलाई नेपाल बैंक लि. द्वारा दुर्घटना बीमा दावी रकम वापत पाँच लाख भुक्तानी गरेको छ । बैंककोे कर्मचारी तलब खाता अन्तर्गतको विशेषता बमोजिम खाता खोलेको एक वर्ष भित्र ग्राहकको मृत्यु भएमा ५ लाख सम्मको दुर्घटना बीमा पाउनसक्ने व्यवस्था अनुसारको माग दाबीको अविलम्ब भुक्तानी गरिएको छ ।
बैंकले एक कार्यक्रम आयोजना गरी बैंकका प्रमुख कार्यकारी अधिकृत तिलक राज पाण्डेयले मृतक रघुनन्दन यादव प्रति श्रद्धाञ्ली अर्पण गर्दै शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दै बीमा दावी रकमको चेक स्व. यादवकी श्रीमती अमिरा कुमारी यादवलाई हस्तान्तरण गरेको छ ।
सो समारोहमा प्रमुख कार्यकारी अधिकृत पाण्डेयले नेपाल बैंक लि. ले आफ्ना ग्राहकहरुका वित्तीय सुरक्षालाई सर्वोच्च प्राथमिकता दिँदै आइरहेको र आगामी दिनहरुमा पनि उत्कृष्ट ग्राहक सेवा र सुरक्षालाई उच्च प्राथमिकता प्रदान गर्दै जाने बताए भने स्व. रघुनन्दन यादव की पत्नी श्रमती अमिरा कुमारी यादवले दःुखको बेलामा बिना कुनै झन्झट नेपाल बैंक लि. बाट प्राप्त यो आर्थिक रकमले परिवारको भरणपोषणमा धेरै राहत पाएको महसुस गरेको बताए ।
नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु र बैंकमा खाता रहेका ग्राहकहरुलाई काठमाडौं, नयाँ बानेश्वर अवस्थित लेट मि इन प्रा.लि. मा उपचार गर्दा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने सम्झौतामा हस्ताक्षर भएको छ ।
सो सम्झौता बमोजिम लेट मि इन प्रा.लि. को कोरियन प्रविधिबाट प्रदान गरिने विविध एस्थेटिक्स सम्बन्धि सेवाहरुमा लाग्ने शुल्कहरुमा नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु र ग्राहकहरुले विभिन्न उपचार सेवामा ८ देखि १५ प्रतिशत सम्म छुट पाउने भएका छन् ।
सम्झौता पत्रमा बैकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत श्री प्रकाश कुमार अधिकारी र लेट मि इन प्रा.लि. को तर्फबाट प्रबन्ध निर्देशक श्री डोé सु माले हस्ताक्षर गर्नुभयो ।
प्रकाशित समय : १६:०४ बजे



















