गृहपृष्ठ ‘भानुबाट प्रेरणा लिएर नेपाली भाषालाई विश्व साहित्यको हिस्सा बनाउन जरुरी’ (भिडियो सहित)

‘भानुबाट प्रेरणा लिएर नेपाली भाषालाई विश्व साहित्यको हिस्सा बनाउन जरुरी’ (भिडियो सहित)

‘भानुबाट प्रेरणा लिएर नेपाली भाषालाई विश्व साहित्यको हिस्सा बनाउन जरुरी’ (भिडियो सहित)

काठमाडौं । सभामुख देवराज घिमिरेले नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको योगदानबाट प्रेरणा लिएर नेपाली भाषालाई प्रगतिशिल विश्व साहित्यको हिस्सा बनाउन अठोट लिनुपर्ने बताएका छन् ।

आइतबार काठमाडौंमा भानुभक्त आचार्यको २१२औँ जन्मजयन्तीको अवरमा भानुभक्तको पूर्ण कदको सालिकमा माल्यार्पण गर्दै उनले भानुभक्तको स्मृतिमा श्रद्धाञ्जली मात्र अर्पण नगरी उनको योगदानबाट प्रेरणा लिएर नेपाली भाषालाई प्रगतिशिल विश्वसाहित्यको हिस्सा बनाउने प्रण पनि लिनुपर्ने धारणा राखे ।

उनले भने,‘संस्कृतमा रहेको सिमित धार्मिक ज्ञानलाई उनले आम जनताको भाषामा रुपान्तरण गरेर नेपाली साहित्यमा जनचेतनाको बिजारोपण गर्नुभएको थियो । नेपाली भाषा, संस्कृति, साहित्यलाई एक साझा सुत्रमा बाध्ने महान कार्य भानुभक्तबाट प्रारम्भ भएको थियो । उहाँको स्मृतिमा श्रदाञ्जली मात्र अर्पण गर्नुहुँदैन्, योगदानबाट प्रेरणा लिएर नेपाली भाषालाई प्रगतिशिल विश्वसाहित्यको हिस्सा बनाउने प्रण पनि लिनुपर्छ ।’

उनलेभानुजयन्ती केवल जन्मजयन्ती नभई,नेपाली भाषाको गौरव गाउँने एउटा महान दिन भएको बताए । सभामुख घिमिरेले भानुजयन्ती भाषासँगको सम्बन्धको,संस्कृति र पहिचानको महान चाड भएको भन्दै यसको महत्वलाई अझ गहिरो रुपमा बुझ्नुपर्ने बताए ।

उनले भने,भानुजयन्ती केवल जन्मजयन्ती होइन्,नेपाली भाषाको गौरव गाउँने एउटा महान दिन हो । भानुजयन्ती सबैभन्दा ठूलो चाड मानिन्छ किनकी त्यो चाड भाषासँगको सम्बन्धको,संस्कृति र पहिचानको महान चाड हो । त्यसैले यसलाई आजको दिनमा यसको महत्वलाई अझ गहिरो रुपमा लिनुपर्छ ।’

प्रकाशित समय : १०:३९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु