global ime bank Long Banner Ad

गृहपृष्ठ ड्रोन र मिसाइल आक्रमणको सामना गर्दै युक्रेन, अन्तर्राष्ट्रिय प्रतिबन्धको माग

ड्रोन र मिसाइल आक्रमणको सामना गर्दै युक्रेन, अन्तर्राष्ट्रिय प्रतिबन्धको माग

ड्रोन र मिसाइल आक्रमणको सामना गर्दै युक्रेन, अन्तर्राष्ट्रिय प्रतिबन्धको माग FILE - In this photo provided by the Ukrainian Presidential Press Office, Ukrainian President Volodymyr Zelenskyy gestures during a joint news conference with Estonian President Alar Karis following their talks in Kyiv, Ukraine, Tuesday, Feb. 22, 2022. Volodymyr Zelenskyy’s speech at a Munich security conference Saturday, during which he threatened to pull out of an agreement to abandon the nuclear weapons left in Ukraine after the Soviet collapse in exchange for security guarantees, fueled the fire even further. (Ukrainian Presidential Press Office via AP, File)

युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेंस्कीले हालै एक वक्तव्य जारी गर्दै, रुसले एकै रातमा ५९७ ड्रोन र २६ लामो दूरीका क्रुज मिसाइल युक्रेनी भूभागतर्फ प्रक्षेपण गरेको जानकारी दिनुभएको छ । उनका अनुसार तीमध्ये धेरैजसो ‘शाहेद’ ड्रोन हुन्, जसको उत्पादन इरानमा भएको हो ।

युक्रेनी वायु सेनाले दिएको जानकारी अनुसार, ३१९ शाहेद ड्रोन र २५ मिसाइललाई निष्क्रिय पारिएको छ । तर एक मिसाइल र करिब २० ड्रोन पाँचवटा स्थानमा खसेको पुष्टि गरिएको छ, यद्यपि ती स्थानहरूको विस्तृत विवरण सार्वजनिक गरिएको छैन ।

राष्ट्रपति जेलेंस्कीले अन्तर्राष्ट्रिय समुदायलाई समयमै ठोस कदम चाल्न आग्रह गर्दै भन्नुभयो, “रुसी आक्रमणको तीव्रता हेर्दा अब ढिला गर्नु हुँदैन । यो अवस्थालाई रोक्न कडा प्रतिबन्ध आवश्यक छ ।”

रुसलाई ड्रोन निर्माणमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सहयोग गर्ने र तेल निर्यातमार्फत आर्थिक लाभ लिने पक्षहरूलाई पनि उपयुक्त कारबाहीको दायरामा ल्याउन अनुरोध गरेको छ । हाल कायम रहेका पश्चिमी प्रतिबन्धहरूको बाबजुद पनि तेल निर्यात रूसी अर्थतन्त्रको प्रमुख स्रोत रहँदै आएको छ ।

प्रकाशित समय : १४:३५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु