गृहपृष्ठ भुटानविरुद्ध नेपालको फराकिलो जित
भुटानविरुद्ध नेपालको फराकिलो जित
पूर्णिमा राईको ह्याट्रिक र सेनु परियारको दोहोरो गोलको मद्दतमा नेपालले साफ यू–२० महिला च्याम्पियनसिपको पहिलो खेलमा भुटानमाथि ६–१ को फराकिलो जित हासिल गरेको छ ।
बंगलादेशको राजधानी ढाका स्थित बसुन्धरा किङ्स एरेनामा शुक्रबार भएको खेलमा नेपालले सानदार प्रदर्शन गर्दै प्रतियोगितामा बलियो सुरुआत गरेको हो ।
खेलको नवौं मिनेटमै सेनु परियारले अग्रता दिलाउँदै नेपालका लागि खाता खोलेकी थिइन् । भुटानी डिफेन्सको कमजोरीको फाइदा उठाउँदै अनिशा राईले दिएको पासलाई सेनुले सजिलै गोलमा परिणत गरिन् । त्यसपछि १८औं मिनेटमा पूर्णीमा राईले गोल गर्दै नेपालको अग्रता दोब्बर बनाइन् ।
प्रकाशित समय : २१:०९ बजे


















