global ime bank Long Banner Ad

गृहपृष्ठ अध्यक्ष नेपालद्वारा बाढीपहिरोका कारण भएको क्षतिप्रति दुःख व्यक्त

अध्यक्ष नेपालद्वारा बाढीपहिरोका कारण भएको क्षतिप्रति दुःख व्यक्त

अध्यक्ष नेपालद्वारा बाढीपहिरोका कारण भएको क्षतिप्रति दुःख व्यक्त

नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले रसुवा जिल्लाको नेपाल–चीन सिमानामा मङ्गलबार बिहान गएको बाढीपहिरोका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका छन।

अध्यक्ष नेपालले एक वक्तव्य जारी गर्दै अध्यक्ष नेपालले बाढीमा परी ज्यान गुमाएका मृतकप्रति दुःख तथा शोकाकुल परिवारमा समवेदना प्रकट गरे । विपद्मा परेका नागरिकको तत्काल उद्धार र जोखिमग्रस्त क्षेत्रका बासिन्दाको सुरक्षित बसोबासका लागि सरकारलाई आग्रह गरे।

वर्षाका कारण देशका भू–क्षय, बाढीपहिरो, डुवानको जोखिम रहेका स्थानमा उच्च सतर्कता अपनाउन माग गर्दै अध्यक्ष नेपालले सम्भावित विपद् रोकथाम, विपद् जोखिम न्यूनीकरणका साथै विपद्पछिको पुनःस्थापना तथा व्यवस्थापन गर्न आग्रह गरे ।

उनले देशभर मनसुनजन्य महामारी र स्वास्थ्य जोखिमको पूर्वतयारी गर्नुपर्नेमा जोड दिए । पूर्व प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले विपद् व्यवस्थापनमा तालिमयुक्त दक्ष जनशक्ति, र्‍यापिड रेस्क्यु टिम तयार गर्न, हरेक स्वास्थ्य केन्द्रमा पर्याप्त स्रोतसाधन र औषधिको भण्डारण गर्न, क्षतिको जोखिम पूर्वानुमान गरी नागरिकलाई सुसूचित गर्नुपर्ने बताए ।

प्रकाशित समय : २०:५५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु