global ime bank Long Banner Ad

गृहपृष्ठ प्रदेश सरकारद्वारा विद्यालयलाई बस प्रदान

प्रदेश सरकारद्वारा विद्यालयलाई बस प्रदान

प्रदेश सरकारद्वारा विद्यालयलाई बस प्रदान

बागमती प्रदेश सरकारले मकवानपुरको बकैयाँ गाउँपालिका–४ छतिवनस्थित महेन्द्र माध्यमिक विद्यालयलाई बस प्रदान गरेको छ ।

बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले २५ लाख मूल्य बराबरको बस हस्तान्तरण गरेको विद्यालयका प्रधानाध्यापक देवकी सिग्देलले जानकारी दिइन ।

दुर्गम गाउँमा बस्ने विद्यार्थीलाई दुई घण्टासम्म हिँडेर विद्यालय आउनुपर्ने बाध्यता रहेकाले विद्यालयको आग्रहमा प्रदेश सरकारले उक्त बस खरिद गरेर हस्तान्तरण गरेको प्रअ सिग्देलले बताइन ।

प्रदेश सरकारबाट हस्तान्तरण भएको बस विद्यालयबाट हर्दा, सुकौरा हुँदै मोक्तानसरासम्म पुग्ने प्रअ सिग्देलले जानकारी दिइन । त्यस क्षेत्रबाट करिब २०० बढी विद्यार्थीहरु आउने गरेको विद्यालयले जनाएको छ ।

प्रकाशित समय : १९:४५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु