global ime bank Long Banner Ad

गृहपृष्ठ कान्तिलोकपथको पहिरो पन्छाइयो

कान्तिलोकपथको पहिरो पन्छाइयो

कान्तिलोकपथको पहिरो पन्छाइयो

बागमती। पहिरो खसेर अवरुद्ध हेटौँडा–काठमाडौं जोड्ने कान्तिलोकपथ सञ्चालनमा ल्याइएको छ।

कान्तिलोपथस्थित ठिंगन–वगुवा खण्ड अन्तर्गत गङ्गटेमा पहिरो खस्दा आज बिहानदेखि सडक अवरुद्ध थियो। डोजर लगाएर पहिरो पन्छाएपछि दिउँसोदेखि सडक सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए।

पहिरो खसेर बाटो अवरुद्ध भएपछि सयौँ सवारी साधन ठिंगन र वगुवामा रोकिएका थिए।

प्रकाशित समय : १९:३८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु