गृहपृष्ठ आज रातिदेखि सबै सरकारी खाता बन्द हुने
आज रातिदेखि सबै सरकारी खाता बन्द हुने
आज राति १२ बजेदेखि आर्थिक वर्ष २०८१/८२ को बजेट निकासा गर्ने अन्तिम दिन भएकाले सबै सरकारी खाता एक साताका लागि रोक्का गरिनेछ।
महालेखा नियन्त्रक कार्यालय (मलेनिका), प्रदेश लेखा नियन्त्रक कार्यालय (प्रलेनिका) र जिल्लाका कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) द्वारा सञ्चालन हुने खाता र भुक्तानी प्रणालीहरू—जसमा ‘सूत्र’, ‘टिएसए’ र ‘सिगास’ प्रणालीहरू पनि छन्—एक साताका लागि बन्द हुनेछ।
नियम ३० अनुसार, आर्थिक वर्ष समाप्त हुन एक हप्ता अघि सबै भुक्तानी रोक्नुपर्ने कानुनी व्यवस्था रहेको छ। यस वर्ष भने अघिल्ला वर्षभन्दा फरक भएर परिपत्र नपठाइएको भए पनि अत्यावश्यक खर्चका लागि मात्र मलेनिकाको सहमति अनिवार्य छ। हालसम्म चालु आवको करिब ७९ प्रतिशत बजेट खर्च भइसकेको छ।
प्रकाशित समय : १५:३२ बजे


















