global ime bank Long Banner Ad

गृहपृष्ठ कर्णाली चार ठाउँमा सडक अवरुद्ध

कर्णाली चार ठाउँमा सडक अवरुद्ध

कर्णाली चार ठाउँमा सडक अवरुद्ध

सुर्खेत । कर्णाली प्रदेशका चार ठाउँमा सडक अबरुद्ध भएको छ । हुम्लाको खार्पुनाथ डोल्पाको त्रिपुरासुन्दरी, रुकुमपश्चिमको आठबिसकोट र जाजरकोटको छेडागाडमा सडक अवरुद्ध रहेको कर्णाली प्रदेश आपतकालिन कार्य सम्पादन केन्द्रले जनाएको हो ।

कर्णाली करिडोर अन्र्तगत हुम्ला खार्पुनाथ गाउँपालिका–१ बोक्वेगौडास्थित ३० जेठदेखि सडक मर्मतका कारण अवरुद्ध रहेको र भेरी करिडोर अन्र्तगत डोल्पा त्रिपुरासुन्दरी नगरपािलका–१ छलघाट स्थित ६ असारदेखि पानीको वहाव बढी भइ सडक अवरुद्ध रहेको छ ।

त्यस्तै, रुकुम पश्चिम आठबिसकोट नगरपालिका–६ रिजिगारस्थित ६ असारदेखि पानीको वहाब बढी भएका कारणले अवरुद्ध र जाजरकोट छेडागाड नगरपालिका–३ दखेरी भिर गिट्टिखोलास्थित मध्य पहाीि राजमार्गमा माथिबाट पहिरो आई बाटो पूर्ण रुपमा अवरुद्ध रहेको कर्णाली प्रदेश आपतकालिन कार्य सम्पादन केन्द्रले जनाएको छ ।

 

प्रकाशित समय : १५:११ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु