गृहपृष्ठ देशभरका प्रदर्शकलाई बक्सअफिस तथ्यांक पेस गर्न चलचित्र विकास बोर्डको निर्देशन
देशभरका प्रदर्शकलाई बक्सअफिस तथ्यांक पेस गर्न चलचित्र विकास बोर्डको निर्देशन
चलचित्र विकास बोर्डले देशभरका प्रदर्शकलाई अनिवार्यरुपमा बक्सअफिस तथ्यांक पेश गर्न निर्देशन दिएको छ। बोर्डले एक पत्र लेख्दै देशभरका १६६ हललाई तथ्यांक उपलब्ध गराउन अनुरोध गरेको छ।
असार १६ गतेदेखि रियल टाइम बक्सअफिस व्यवस्थापन प्रणाली संचालनमा आएको जनाउँदै बोर्डले तथ्यांक पेश गर्न निर्देशन दिएको हो। तथ्याङ नदिने हललाई कानूनको उल्लंघन मान्दै चलचित्र नियमन र सम्बन्धित ऐनअनुसार कारवाही गर्ने चेतावनी समेत पत्रमा उल्लेख छ।
बोर्डले प्रदर्शकको छाता संस्था नेपाल चलचित्र संघलाई समेत पत्र लेखेको छ।
प्रकाशित समय : १५:०३ बजे


















