global ime bank Long Banner Ad

गृहपृष्ठ भिजिट भिसा प्रकरणमा निरन्तर आवाज उठाउँदा पनि सरकारले नसुनेझैं गर्यो : राप्रपा

भिजिट भिसा प्रकरणमा निरन्तर आवाज उठाउँदा पनि सरकारले नसुनेझैं गर्यो : राप्रपा

भिजिट भिसा प्रकरणमा निरन्तर आवाज उठाउँदा पनि सरकारले नसुनेझैं गर्यो : राप्रपा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद अनिसा नेपालीले भिजिट भिसा प्रकरणमा आफ्नो पार्टीले निरन्तर आवाज उठाउँदा पनि सरकारले नसुनेझैं गरेको बताएकी छिन् ।

बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भिजिट भिसा दुरुपयोग प्रकरणको छानबिनका लागि उच्चस्तरीय आयोग गठन नभएसम्म संसद बहिष्कार गर्ने आफ्नो पार्टीको अडान कायमै रहेको बताएकी हुन् ।

उनले भनिन्, ‘भिजिट भिसा प्रकरणमा आफ्नो पार्टीले निरन्तर आवाज उठाउँदा पनि सरकारले नसुनेझैं गरेको छ । जबसम्म छानबिन समिति बन्दैन तबसम्म राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधिसभा बहिष्कार गर्दछ ।’

राप्रपाले यसअघिदेखि नै भिजिट भिसाको दुरुपयोगका घटनामाथि गम्भीर छानबिन हुनुपर्ने माग राख्दै आएको छ । सांसद नेपालीले बाढी–पहिरो पीडितहरूको उद्धार तथा राहतमा समेत ध्यान दिन सरकारको ध्यानाकर्षण गराएकी छन् ।

प्रकाशित समय : १४:२८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु