global ime bank Long Banner Ad

गृहपृष्ठ सरकारमा रहँदा सुशासनको अभियानलाई गुणात्मक ढङ्गले अघि बढायौंः नेता श्रेष्ठ

सरकारमा रहँदा सुशासनको अभियानलाई गुणात्मक ढङ्गले अघि बढायौंः नेता श्रेष्ठ

सरकारमा रहँदा सुशासनको अभियानलाई गुणात्मक ढङ्गले अघि बढायौंः नेता श्रेष्ठ

नेपाल कम्युनिष्ट पाार्टी (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पछिल्लो पटक अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) नेतृत्वको सरकारले सुशासनको अभियानलाई गुणात्मक ढङ्गले अघि बढाएको बताएका छन ।

संयुक्त राज्य अमेरिकाको लस एन्जेल्समा आयोजित नेपाली समुदायसँग भएको भेटमा पूर्वउपप्रधामन्त्री श्रेष्ठले तत्कालीन सरकारले थालेको सुशासन, समृद्धि र सामाजिक न्यायको अभियानले आमजनतामा आशा जगाउन सकेको बताए ।

पार्टीलाई सुदृढीकरण गर्दै जनतासँग जोड्नका लागि हुलाकीमार्ग र मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान सफल भएको उल्लेख गर्दै उनले माओवादी जनताको सेवक भएको बताए। कार्यक्रममा उपाध्यक्ष श्रेष्ठले नेपालको वर्तमान राजनीतिक परिस्थिति, समृद्धिको कार्यभार, चुनौती तथा सम्भावना, गैरआवासीय नेपाली नागरिकताको व्यवस्था तथा नेपाली डायस्पोराको भूमिकाबारे धारणा राखेका थिए ।

कार्यक्रममा विभिन्न नेपाली सङ्घसंस्थाका प्रतिनिधि, व्यवसायी, इन्जिनियर, चिकित्सक, प्राध्यापकलगायतको सहभागिता थियो ।

प्रकाशित समय : १५:११ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु