global ime bank Long Banner Ad

गृहपृष्ठ मोहना नदीको कटान रोक्न २० हेक्टर क्षेत्रमा बिरुवा रोपण सुरु

मोहना नदीको कटान रोक्न २० हेक्टर क्षेत्रमा बिरुवा रोपण सुरु

मोहना नदीको कटान रोक्न २० हेक्टर क्षेत्रमा बिरुवा रोपण सुरु

कैलालीको मोहना नदी क्षेत्रको कटान रोक्न २० हेक्टर क्षेत्रमा ३२ हजार बिरुवा रोपण सुरु गरिएको छ । धनगढी उपमहानगरपालिका–३ र १३ मा रहेको डिलासैनी शिव मन्दिर सामुदायिक वन उपभोक्ता समूह क्षेत्रभित्रको बगर क्षेत्रमा वृक्षरोपण सुरु गरिएको हो ।

डिभिजन वन कार्यालय कैलालीको सहकार्य र नेचर नेक्सस नेपालको आयोजनामा शनिबारदेखि वृक्षरोपण सुरु गरिएको डिभिजन वन अधिकृत कृष्णदत्त भट्टले बताए ।

वन क्षेत्रभित्रको खाली जमिनलाई हराभरा बनाउने उद्देश्यले वृक्षरोपण सुरु भएको बताउँदै यसले नदी कटान रोकथाममा सहयोग पुग्नुका साथै वातावरणीय सन्तुलन कायम गर्न महत्वपूर्ण सहयोग मिल्ने बताए ।

डिलासैनी सामुदायिक वनका अध्यक्ष कृष्णसिंह ऐरका अनुसार सामुदायिक वनभित्रको खाली जमिनमा वृक्षरोपण गर्ने योजना रहेको जानकारी दिनुभयो । मोहना नदीको कटान हुने क्षेत्रलाई पनि मध्यनजर गर्दै ३२ हजारभन्दा बढी विरुवा रोप्ने योजना रहेको नेचर नेक्सस नेपालका निर्देशक वीरेन्द्र विष्टले वृक्षरोपणले वातावरण संरक्षणमा मात्र नभई जनचेतना फैलाउने काममा सहयोग पुग्ने बताउनुभयो । जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न वृक्षरोपण गर्ने काम भरपर्दो भएकाले जैविक विविधता संरक्षणका लागि वृक्षरोपण अनिवार्य रहेको जनाइएको छ ।

प्रकाशित समय : १४:१४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु