global ime bank Long Banner Ad

गृहपृष्ठ इस्ट जोन कपः उपाधि जित्न नेपाल सामू ११४ रनको लक्ष्य

इस्ट जोन कपः उपाधि जित्न नेपाल सामू ११४ रनको लक्ष्य

इस्ट जोन कपः उपाधि जित्न नेपाल सामू ११४ रनको लक्ष्य

एसिसी यू–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताको उपाधि जित्नका लागि सिङ्गापुरले नेपाललाई ११४ रनको समान्य लक्ष्य दिएको छ ।

मलेसियाको युकेएम ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको सिङ्गापुरले ४० दशमलव पाँच ओभरमा सबै विकेट गुमाउदै ११३ रनको योगफल बनायो । उसका लागि रोहन अस्टिनले सर्वाधिक २३ रन बनाए । त्यसैगरी रिहान नाइकले १५, दान्स गुप्ता १२ रन र आकाश तेजा १० रन बनाए । त्यसबाहेक सिङ्गापुरका अन्य ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।

सिङ्गापुरका लागि सस्तैमा समेट्ने क्रममा नेपालका लागि अभय यादव र सुशीलबहादुर रावलले समान तीन÷तीन विकेट लिए भने शुभम खनालले दुई विकेट लिए । त्यस्तै कप्तान बिपिनप्रसाद शर्माले एक विकेट लिए ।

नेपाल जारी प्रतियोगितामा अपराजित छ । सिङ्गापुर भने समूह चरणमा नेपालसँग पराजित भएको थियो । त्यसपछि सिङ्गापुरले पनि सबै खेलहरू जितेको थियो ।

नेपालले मलेसियालाई हराउदै सेमिफाइन यात्रा तय गरेको थियो भने सिङ्गापुरले हङकङलाई पराजित गर्दै फाइनलमा पुगेको हो ।

प्रकाशित समय : ११:३४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु