global ime bank Long Banner Ad

गृहपृष्ठ करदाता शिक्षा कार्यक्रम सम्पन्न

करदाता शिक्षा कार्यक्रम सम्पन्न

करदाता शिक्षा कार्यक्रम सम्पन्न

आन्तरिक राजस्व कार्यालय नयाँ बानेश्वर एवं नयाँ बानेश्वर व्यापार व्यवसायी संघको संयुक्त आयोजनामा आर्थिक विधेयक,२०८२ का छुट सुविधा सम्बन्धी करदाता शिक्षा कार्यक्रम सम्पन्न भएको छ।

शुक्रबार कर कार्यालयको सभाहलमा नयाँ बानेश्वरका व्यवसायीहरूलाई भेला गरी कर छुट सम्बन्धी जानकारी गराइएको कार्यालय प्रमुख गोविन्दराज आचार्यले बताए। कर अधिकृत रमेश श्रेष्ठले आर्थिक विधेयक, २०८० का प्रावधान एवं छुट सुविधामा केन्द्रित भई प्रशिक्षण गरेका थिए।

उनले संवत् २०८१ चैत्र मसान्तसम्मको मूल्य अभिवृद्धि कर विवरण र कर बुझाएको/नबुझाएको भए २०८२ पौष मसान्तसम्म कर विवरण, लाग्ने कर र व्याजको २५ प्रतिशत दाखिला गरेमा करदाताहरूलाई शुल्क, थप दस्तुर र बाँकी व्याज मिनाहा गरिने लगायतका छुट सुविधाहरूको जानकारी गराएका थिए।

 

प्रकाशित समय : २०:३५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु