global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ जनकपुरधाममा छुरा प्रहार गरी मेयर साहका काकाको हत्या

जनकपुरधाममा छुरा प्रहार गरी मेयर साहका काकाको हत्या

जनकपुरधाममा छुरा प्रहार गरी मेयर साहका काकाको हत्या

जनकपुर । जनकपुरधाममा उपमहननगरपालिकाका मेयर मनोज कुमार साहका काकाको छुरा प्रहार गरी हत्या भएको छ । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १५ रामपुर निवासी अन्दाजी ७५ वर्षिय बासुदेव प्रसाद विमलको छुरा प्रहार गरी हत्या गरिएको छ ।

बुधवार (आज) बिहान बासुदेवलाई उनको आफ्नै ज्वाइँ वडा नम्बर २१ कुर्था निवासी बेचन महासेठ छुरा प्रहार गरी भागेको आफन्तले जनाएको छ । उनी दुबैबीच घरायसी विवाद रहेको घटनास्थलमा रहेका प्रत्यक्षदर्शी उनका आफ्न्तहरुले बताए ।

छुरा प्रहारबाट घाइते भएका बासुदेवको अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो ।

आरोपित भनिएका बेचन फरार भएका छन । जिल्ला प्रहरी कार्यायल धनुषाका अनुसार घटनाको सुक्ष्म रुपमा अनुसन्धान सुरु गरिएको छ भने, आरोपित भनिएका बेचनको पनि खोजी सुरु गरिएको छ ।

प्रकाशित समय : १४:१९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु