global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ शिक्षा विधेयक पारित गर्ने विषयलाई केही दिन होल्ड गर्न मन्त्री पन्तको आग्रह

शिक्षा विधेयक पारित गर्ने विषयलाई केही दिन होल्ड गर्न मन्त्री पन्तको आग्रह

शिक्षा विधेयक पारित गर्ने विषयलाई केही दिन होल्ड गर्न मन्त्री पन्तको आग्रह

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले शिक्षा विधेयक पारित गर्ने विषयलाई केही दिन होल्ड गर्न आग्रह गरेका छन् ।

सोमबार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा उनले मन्त्रीको हैसियतले सबै कुराहरु मिलाउन समय चाहिएको भन्दै बैठकलाई आज स्थगित गर्न आग्रह गरेका छन् ।

उनले भने, ‘यो बैठकलाई आज स्थगित गरौं किनभने एउटा कुरा प्रष्ट भन्न चाहान्छु संसदीय प्रणालीमा र समितिमा पनि सरकारको तर्फबाट मन्त्रीले यसलाई अहिले रोकौ भनेपछि त्यो विधेयकको रुपमा अगाडि जादैँन् । यसलाई अहिले स्वीकारको पक्षमा नजाउ, तपाईहरुसँग मेरो कुरा मिल्छ तर मन्त्रीको हैसियतले सबै कुराहरु मिलाउन मलाई समय चाहियो । यो समय जटिल छ, यो अवस्थामा सबै कुरा मिलाउन पर्छ संयोजन गरेर जानुपर्छ । त्यसकारण समय चाहियो तर सरकारले मानेन हामी पास गर्छौ भन्नु हुन्छ भने म रोक्दिन तर सरकारले अहिले नगरौं भनेको कुरा अगाडि बढेको मलाई कुरा अझसम्म भएको थाहा छैन् ।’

बैठक फेरि अनिश्चितकालका लागि स्थगित भएको छ । केही सांसदहरूले मन्त्रीले विधेयक पारित प्रक्रियामा ‘ढिलाइ गर्न खोजेको’ आरोपसमेत लगाए । तर, अन्ततः समितिका सभापति अम्मरबहादुर थापाले सबै सदस्यको प्रतिक्रिया सुनेपछि बैठक ‘पुनः आह्वान नहुन्जेलसम्म’ स्थगन भएको घोषणा गरेका छन् ।

 

प्रकाशित समय : १९:५३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु