global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ ‘प्रदेश सभाको बैठक अनिश्चित बनेको भन्दै प्रतिपक्ष दलहरुको गम्भिर आपत्ती’

‘प्रदेश सभाको बैठक अनिश्चित बनेको भन्दै प्रतिपक्ष दलहरुको गम्भिर आपत्ती’

‘प्रदेश सभाको बैठक अनिश्चित बनेको भन्दै प्रतिपक्ष दलहरुको गम्भिर आपत्ती’

हेटौंडा । दलहरुबीच आपसी समझदारी, परामर्श र कुनै जानकारी समेत नगरी सरकारले एकलौटी ढंगबाट वागमती प्रदेश सभा बैठक सार्ने काम भइरहेको भन्दै प्रतिपक्ष दलहरुको गम्भिर आपत्ती जनाएको छ ।

सोमबार नेकपा (एकिकृत समाजवादी) का सांसद बसन्त मानन्धर, राप्रपाका उपनेता, गिर बहादुर तामाङ र नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक रत्न प्रसाद ढकालले् संयुक्त रुपमा पत्रकार सम्मेलन गरेर आपत्ती व्यक्त गरेका छन् ।

बजेटमा रहेको नीतिगत त्रुटि, असन्तुलित, बिभेदकारी र सेटिङ्गमा आधारित वजेट सच्याएर मात्र यस समस्यको हल गर्न सकिने पनि उनीहरुको भनाई छ ।

तसर्थ प्रदेश सभालाई बन्धक बनाएर बजेट माथिको छलफलबाट भाग्नु भन्दा दलहरुसँग सम्वाद गरी आवश्यक निकाश निकाल्न पनि प्रदेश सरकारलाई प्रतिपक्ष दलहरु आग्रह गरेका छन् ।

‘आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रदेश सभामा पेश गरिसकेको छ । आजसम्म बजेट माथि छलफल हुन सकेको छैन । बजेट निर्माणको सन्दर्भमा वागमती प्रदेश सरकारले गम्भिर नीतिगत त्रुटि गरेको छ । प्रदेश सरकारको यो वीचमा देखिएका गतिविधि बारे प्रदेश सभामा प्रतिनिधित्व गर्ने प्रतिपक्ष दलहरुको गम्भिर ध्यानाकर्षण भएको छ ।’ जारी विज्ञप्तीमा भनिएको छ ।

बजेट माथि सत्ताघटक दलहरुको असन्तुष्टी र अन्तरविरोधका कारण पनि प्रदेश सभाको बैठक अनिश्चित हुँदै गएको पनि उनीहरुको आरोप छ ।

उनीहरुको भनाई, ‘राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथिको छलफल पनि निकै ढिलो गरी असार १२ गतेबाट सुरु गर्ने तय भयो । वजेट माथि सत्ताघटक दलहरुको असन्तुष्टी र अन्तरविरोध चुलिएको छ । सत्ताघटक दलको बैठक वसी दिनभर प्रदेश सभालाई बन्धक बनाइयो । अन्तत सत्ताघटक दलहरुको कारणले १२ गतेको प्रदेश सभा बैठक बस्न सकेन । पुनः बजेट माथिको छलफल असार १६ गते १ः०० बजेका लागि सारियो । आज असार १६ गते १ वजेको लागि बोलाइएको बैठक पनि नराखी ४ः०० वजेसम्मका लागि सारियो । आज ४ः०० बजे पनि वैठक वस्न सकेन । अन्तत प्रदेश सभाको बैठक अनिश्चित हुँदै गएको छ ।’

 

प्रकाशित समय : १९:५८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु