global ime bank Long Banner Ad

गृहपृष्ठ बैंकिङ्ग कसुर मुद्दाका दुई जना फरार प्रतिवादी पक्राउ

बैंकिङ्ग कसुर मुद्दाका दुई जना फरार प्रतिवादी पक्राउ

बैंकिङ्ग कसुर मुद्दाका दुई जना फरार प्रतिवादी पक्राउ

बैंकिङ्ग कसुर मुद्दाका २ जना फरार प्रतिवादीहरूलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा तनहुँ बन्दिपुर गाउँपालिका–१ घर भएका ४७ वर्षीय विष्णु बहादुर भण्डारी र काठमाडौं महानगरपालिका – २६ गोंगबु बस्ने रोल्पा माडी गाउँपालिका–४ घर भएका ३८ वर्षीय प्रेम बहादुर विक रहेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले जिल्ला अदालत काठमाडौंको २०८० मंसिर २७ गतेको फैसलाले उक्त मुद्दामा ११ लाख रुपैयाँ जरिवाना र १ महिना कैद सजाय ठहर भई फरार रहेका विष्णु बहादुरलाई काठमाडौं महानगरपालिका-३ महाराजगंजबाट शुक्रवार पक्राउ गरेको हो ।
साथै,सोही मुद्दामा फरार रहेका प्रेम बहादुरलाई काठमाडौं महानगरपालिका-२६ गोंगबुबाट बिहीबार प्रहरीले पक्राउ गरेको हो । उनले १४ लाख रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ । पक्राउ परेकामध्ये विष्णु बहादुरलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेस गरिएको छ भने प्रेम बहादुरलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि इलाका प्रहरी कार्यालय कोहलपुर बाँके पठाइएको बताएको छ ।

प्रकाशित समय : १२:२३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु