काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

जगन्नाथ रथयात्रा गरिँदै

1.68K
shares

अन्तरराष्ट्रिय श्रीकृष्ण भावनामृत सङ्घ (इस्कोन) ले जगन्नाथ रथयात्रा महोत्सवको आयोजना गर्ने भएको छ ।

 

राजधानी कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठान परिसरमा आज एक विशेष समारोहकाबीच सो रथयात्रा महोत्सवको शुभारम्भ गर्न लागिएको हो । रथयात्राको राष्ट्रपति रामचन्द्र पौडेलले भगवान् जगन्नाथको पूजाअर्चना र आरती गरी शुभारम्भ गर्नुहुने जनाइएको छ ।

इस्कोनले प्रत्येक वर्ष आषाढ शुक्ल द्वितीयाका दिन राजधानीमा रथयात्रा गर्ने गरेको छ । द्वापर युगमा गोपिनीहरुले द्वारकाबाट श्रीकृष्णलाई रथयात्रा गरी वृन्दावन लगेको सम्झनामा नेपालमा सन् १९७७ देखि यो यात्रा गर्न थालिएको इस्कोनका केन्द्रीय सचिव रुपेश्वर गौरवदासले जानकारी दिए । आजका दिन नेपाललगायत १६५ देशमा यो यात्रा भइरहेको पनि उनले बताए ।

जगन्नाथ रथयात्रा कमलादीबाट पुतलीसडक, भृकुटीमण्डप, शहीदगेट, नेपाल वायुसेवा निगम, न्यूरोड हुँदै टुँडिखेलमा पुगेर समापन गरिने इस्कोनले जनाएको छ । समापनपछि टुँडिखेलमै प्रसाद पनि वितरण गरिने उनले बताए ।