global ime bank Long Banner Ad

गृहपृष्ठ पर्सामा लागुऔषध दुव्र्यसनी विरुद्ध जनचेतना अभियान

पर्सामा लागुऔषध दुव्र्यसनी विरुद्ध जनचेतना अभियान

पर्सामा लागुऔषध दुव्र्यसनी विरुद्ध जनचेतना अभियान

खुला सिमानाका कारण लागुऔषध ओसारपसार तथा सेवन रोक्ने उद्देश्यले यहाँ तीन महिने चेतनामूलक अभियान आज समापन गरिएको छ । जिल्ला प्रशासन कार्यालय पर्साको अगुवाइमा जिल्लाभरी विभिन्न खालका जनचेतनामूलुक कार्यक्रम आयोजना गरिएका थिए ।

पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले तीन महिने लागुऔषध दुव्र्यसनी रोकथाम तथा नियन्त्रणसम्बन्धी तीन महिने सचेतनामूलुक कार्यक्रमले केही हदसम्म भए पनि लागुऔषधसम्बन्धी जनचेतना र जागरण फैलाउनलाई सहयोग गरेको बताए । ‘‘यस्ता रचनामूलुक कार्यक्रम निरन्तर रुपमा भइराख्न जरुरी हुन्छ,’’ उनले भने ,‘‘यो सुरुआत मात्रै हो ।

प्रत्येक वर्ष लागुऔषध दुव्र्यसनी रोकथाम तथा नियन्त्रणसम्बन्धी दिवस जुन २६ तारिखका दिन मनाउने गरिन्छ । सो अभियान गत चैत २७ गते पर्साका १४ वटै पालिकाका प्रमुख, उपप्रमुखको उपस्थितिमा सुरुवात गरिएको थियो । पर्सा प्रहरीको हिरासतमा रहेकामध्ये दुई तिहाई लागूऔषध दुव्र्यसनी कसुरका व्यक्ति हिरासतमा रहने गरेका छन् ।

प्रकाशित समय : १३:३२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु