global ime bank Long Banner Ad

गृहपृष्ठ आजदेखि मुख्यमन्त्री अन्तर–प्रदेश कबड्डी प्रतियोगिता सुरु

आजदेखि मुख्यमन्त्री अन्तर–प्रदेश कबड्डी प्रतियोगिता सुरु

आजदेखि मुख्यमन्त्री अन्तर–प्रदेश कबड्डी प्रतियोगिता सुरु

काठमाडौं । जनकपुरमा आजदेखि मुख्यमन्त्री अन्तर–प्रदेश कबड्डी प्रतियोगिता सुरु हुँदैछ ।
आज बिहीबारदेखि सुरु हुने प्रतियोगिता शनिबारसम्म सञ्चालन हुने छ । प्रतियोगितामा सातै प्रदेशका कबड्डी टोली सहभागी हुने छन् ।

मधेश प्रदेश सरकारले ५० लाख रुपैयाँको लागतमा कबड्डी प्रतियोगिता गराउन लागेको हो ।
हरेक प्रदेशबाट १२ जनाका दरले ८४ जना खेलाडी सहभागी हुने छन् ।
प्रतियोगिताको विजेतालाई २५ हजार, दोस्रो हुने टोलीलाई २० हजार र तेस्रो हुने टोलीलाई १५ हजार रुपैयाँ नगद पुरस्कारको व्यवस्था गरिएको छ

प्रकाशित समय : ०७:४५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु