गृहपृष्ठ सरकारी उपचार सेवाबाट दीर्घरोगी लाभान्वित
सरकारी उपचार सेवाबाट दीर्घरोगी लाभान्वित
कैलालीको घोडाघोडी नगरपालिकाकी सरितादेवी चौधरीले एक वर्षअघि घाँटी दुख्न थालेपछि सामान्य औषधिले निको पार्न खोजिन । दुख्न थालेको एक वर्ष बितिसक्दा पनि उनले सोच्नुभएन कि यो साधारण रोग होइन भन्ने कुरा । सुरुमा सामान्य घाँटी दुखाइ जस्तो लागेर स्थानीय मेडिकलबाट औषधि खाइन । केही समय दुखाइ कम भयो । तर, फेरि पुरानै घाउ जस्तै पीडा सुरु भयो ।
दुखाइ यति बढ्न थाल्यो कि सामान्य काम गर्न पनि सकस हुन थाल्यो । कहिले घाँटी दुख्ने, कहिले कानसम्म सर्ने बारम्बार समस्या दोहोरिएपछि उनि धनगढीको मायामेट्रो अस्पताल पुगिन। परीक्षण गर्दा चिकित्सकले क्यान्सर भएको बताए । सरिता भन्छिन, “एक छिन त विश्वास नै गर्न सकिन, घाँटी दुख्ने सामान्य कुरा हो भन्ने लाग्थ्यो, घरका सबैजना चिन्तित भए पैसा छैन, कहाँ उपचार गर्ने भनेर ।”
विसं २०८० भदौमा सरिता भरतपुर क्यान्सर अस्पताल पुगिन । त्यहाँ शल्यक्रिया भयो । अहिले पनि उनि नियमित औषधि सेवन गर्छन । नगरपालिकाले उपलब्ध गराउने मासिक पाँच हजारको औषधि उपचार सहयोग उपचारको खर्च महँगो भएपछि सरितालाई थोरै भए पनि सहारा भएको छ । “ पाँच हजारले केही रुपमा भएपछि राहत मिलेको छ, केही औषधि त यसैबाट किनिन्छ,” उनले भनिन।
सरिता जस्तै घाँटीको अर्को क्यान्सर पीडित छन, घोडाघोडी नगरपालिका–१ का ५६ वर्षीया कुसुमदेवी डगौरा । दुई वर्षअघि घाँटीमा गिर्खा देखिएपछि छोराले उनलाई धनगढीको निःसर्ग अस्पताल लगेर शल्यक्रिया गराइन । पछि थप उपचारका लागि भरतपुर क्यान्सर अस्पताल रिफर गरियो । उनका छोरा अमन चौधरी भन्छन, “अहिले पनि समयसमयमा किमोथेरेपी गराउनुपर्छ, महँगो खर्च धान्न गाह्रो छ, मासिक पाँच हजारले औषधि किन्न भए पनि अलि राहत भएको छ ।”
यस्तै, वैशाखदेखि असारसम्मको भुक्तानी दिने काम प्रक्रियामा रहेको प्रमुख रावतले जानकारी दिनुभयो । नगरपालिकाले अघिल्लो आर्थिक वर्षदेखि यो सेवा औपचारिक रूपमा सञ्चालनमा ल्याएको थियो । अघिल्लो वर्ष मात्रै ५० लाखभन्दा बढी रकम दीर्घरोगीको उपचारका लागि भुक्तानी गरिएको थियो ।
बढ्दै क्यान्सरको जोखिम
नगरपालिकाका स्वास्थ्य शाखाप्रमुख रावतका अनुसार पछिल्लो समयमा क्यान्सरका बिरामी बढ्दै गइरहेका छन् । नगरपालिकामा दीर्घरोगीको उपचार सेवा लिइरहेका ९० मध्ये ७० जना क्यान्सरपीडित छन् । अघिल्लो आर्थिक वर्षमा ७१ जनाले सेवा लिइरहेका थिए । त्यसमा ५९ जना क्यान्सरका बिरामी थिए । अहिले क्यान्सरका बिरामी बढेर ७० पुगेको रावतले जानकारी दिए। सेवा लिइरहेका कतिपयको मृत्य भइसकेको छ ।
औषधि खर्च राहत तर उपचार अझै महँगो
नगरपालिकाबाट पाइने मासिक पाँच हजारले औषधि किन्ने काममा सहयोग भए पनि दीर्घरोगीका लागि आवश्यक उपचार खर्चको तुलनामा यो रकम थोरै मात्र हो । क्यान्सरको शल्यक्रिया, किमोथेरेपी, रेडिएसनजस्ता उपचार महँगो भएकाले थुप्रै बिरामी अझै ऋणमा डुबिरहेका छन्भने कतिले ज्यान गुमाइरहेका छन् ।
सरितादेवी भन्छिन, “शल्यक्रिया मात्रै होइन, किमोथेरेपी र अन्य औषधि पनि कति महँगो छ, मासिक पाँच हजारले के नै पुग्छ र तर, सरकारले दिएको सहयोग नभएको भए सायद औषधि किन्न पनि गाह्रो हुन्थ्यो होला ।”
प्रकाशित समय : १६:१९ बजे



















