गृहपृष्ठ ‘टेक एन्ड पे व्यवस्था संशोधन भएर आउँछ’
‘टेक एन्ड पे व्यवस्था संशोधन भएर आउँछ’
ऊर्जा मन्त्री दीपक खड्काले टेक एन्ड पे व्यवस्था संशोधन हुने जानकारी दिएका छन् । साना जलविद्युत् योजना र निर्यात सुनिश्चित भएका आयोजनामा ‘टेक अर पे’ नै उपयुक्त हुने मन्त्रीको भनाइ छ ।
सोमवार बसेको प्रतिनिधि सभाको बैठकमा सांसदहरुले उठाएका पश्नको जवाफ दिँदै उनले टेक एन्ड पेको व्यवस्था संशोधन संशोधनका लागि जेठ २७ गते नै अर्थ मन्त्रालयलाई पत्र पठाइसकेको जानकारी दिएका हुन् ।
उनले भने,‘ टेक एन्ड पेको विषय चर्चामा छ । नेपाल विद्युत् प्राधिकरणको राय सुझावको आधारमा १० मेगावाटसम्मका साना जलविद्युत् योजना र विद्युत् खपत, निर्यात सुनिश्चित भएका रन अफ रिभर आयोजनाको विद्युत् खरिद सम्झौता टेक अर पे नै राख्न उपयुक्त हुने भएकाले ऊर्जा मन्त्रालयले संशोधनको लागि अर्थ मन्त्रालयमा पठाएको छ । अर्थमन्त्रीसँग पर्याप्त छलफल भएको छ । संशोधन भएर आउने विश्वास लिएको छु ।’
त्यस्तै उनले उद्योगीहरूसँगको बक्यौता नियमसंगत र प्रक्रियागत ढंगले उठाइने पनि बताए ।
उनले भने, ’बक्यौता संकलन गर्नका लागि प्रक्रियागत ढंग अपनाइन्छ र यसमा कुनै कदाचित भ्रमको स्थान छैन ।’त्यस्तै भारतका कारण कसरी लोडसेडिङ अन्त्य भयो भनेर उठाइएको प्रश्नको उत्तर दिँदै उनले,‘भारतमा हामी विद्युत बिक्री पनि गर्छौँ ।
प्रकाशित समय : १४:०३ बजे



















