global ime bank Long Banner Ad

गृहपृष्ठ प्रतिकिलो पाँच रूपैयाँले बढ्यो सुकेको प्याज

प्रतिकिलो पाँच रूपैयाँले बढ्यो सुकेको प्याज

प्रतिकिलो पाँच रूपैयाँले बढ्यो सुकेको प्याज

बजारमा सुकेको प्याजको मूल्य बढेको छ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले यस्तो देखाएको हो।

समितिको तथ्यांक हेर्दा एक साताअघिको तुलनामा अहिले सुकेको प्याज प्रतिकिलो न्यूनतम पाँच रूपैयाँदेखि अधिकतम ८ रूपैयाँसम्मले बढेको छ।

सोमबार कालीमाटी तरकारी बजारमा सुकेको प्याज प्रतिकिलो थोक मूल्य न्यूनतम ४५ देखि अधिकतम ५० रूपैयाँमा कारोबार भइरहेको छ।

एक साताअघि कालीमाटी बजारमा सुकेको प्याज प्रतिकिलो थोक मूल्य ४० देखि ४२ रूपैयाँमा कारोबार भइरहेको थियो।

आपूर्तिको आधारमा मूल्य घटबढ हुन्छ। अहिले बजारमा भारतीय र नेपाली दुवै प्याज आइरहेको छ। व्यवसायीहरूका अनुसार प्याजको आपूर्ति घटेकाले मूल्य बढेको हो।

प्रकाशित समय : १३:३९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु