global ime bank Long Banner Ad

गृहपृष्ठ वृन्दावन नगरपालिकाको बजेट अधिवेशन तत्काल नगर्न अदालतको आदेश

वृन्दावन नगरपालिकाको बजेट अधिवेशन तत्काल नगर्न अदालतको आदेश

वृन्दावन नगरपालिकाको बजेट अधिवेशन तत्काल नगर्न अदालतको आदेश

रौतहट । उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जले रौतहटको वृन्दावन नगरपालिकाको बजेट अधिवेशन तत्कालको लागि यथास्थितिमा राख्न अन्तरिम आदेश दिएको छ ।

वृन्दावन नगरपालिका उप–प्रमुख संगीता कुमारी रामले नगरसभा तत्काल स्थगित गर्न अदालतमा उत्प्रेषणयुक्त परमादेशको माग गरेकी हुन् ।

अदालतका न्यायाधीश हरिप्रसाद जोशीको इजलासले आइतबार नगर सभा अधिवेशनमा प्रस्तुत हुने बजेटको स्रोत, सिमा, कार्यक्रम , समेतका सम्बन्धमा नगरपालिका उपप्रमुखको महत्त्वपूर्ण भूमिका हुने देखिदा यथास्थितिमा राख्न आदेश दिएको हो ।

वृन्दावन नगरपालिकाले आउँदो यही असार १० गते ९ औं बजेट अधिवेशन गर्ने तयारी गरेपनि यो आदेशसंगै अन्यौलमा परेको छ । नगरसभाको विषयमा छलफल गर्न असार १३ गते नगर उपप्रमुख राम र विपक्षी दुवैलाई बोलाएको अदालतले जारी गरेको पत्रमा उल्लेख छ ।

उक्त पत्रमा दुवै पक्षको कुरा सुनी निर्णयमा पुग्न उचित हुने देखिएकाले यो मुद्दाको पेसी असार १३ गतेलाई तोकिएको भनिएको छ । उपप्रमुख रामले आफूसँग कुनै राय सल्लाह नै नगरी नगर प्रमुख विनोद प्रसाद कुर्मीले एकलौटी ढंगले नगरसभा गर्न लागेपछि अदालतसम्म पुगेको बताएकी छन् ।

उपप्रमुखको अनुपस्थितिमा नगरसभा सञ्चालन गरिनु उचित नहुने भन्दै जनप्रतिनिधिहरूबीच पनि मतभेद देखिएको छ ।

प्रकाशित समय : ०७:३७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु