गृहपृष्ठ पहिरोले अरनिको राजमार्ग बन्द

पहिरोले अरनिको राजमार्ग बन्द

पहिरोले अरनिको राजमार्ग बन्द पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपािलका–१२ घाँसीकुवामा आज बिहान ४ बजे खसेको पहिरो । बिहीबार रातिदेखि परेको वर्षाका कारण पहिरो खस्दा दमौली डुम्रे सडकखण्ड पूर्णरुपमा अवरुद्ध भएको छ । तस्बिरः कृष्ण न्यौपाने/रासस

चौतारा (सिन्धुपाल्चाक) ५  भोटेकोसी गाउँपालिकाका तीन ठाउँमा पहिरो जाँदा अरनिको राजमार्ग पूर्ण रुपमा बन्द भएको छ ।

इलाका प्रहरी कार्यालय कोदारीका प्रमुख प्रहरी निरीक्षक जगतबहादुर राईका अनुसार भोटेकोसी–२ को कोदारी, वडा नं ३ को लार्चा र वडा नं २ कै कोप्लाङमा पहिरो गएको छ । पहिरो पन्छाउने काम जारी रहेकाले राजमार्ग पूर्ण रुपमै बन्द भएको छ । सडक भाँसिदा तातोपानी नाका हुँदै सञ्चालन हुने कन्टेनर ढुवानी रोकिएको उहाँले बताए।

यसैबीच लगातारको अविरल वर्षासँगै भोटेकोसी–२ को लिपिङ बजारमा पहिरो जाँदा तीन घरमा क्षति पुगेको छ । पहिरोका कारण स्थानीय पदम श्रेष्ठ, फूलमाया तामाङ र सुनिता श्रेष्ठको घरमा क्षति पुगेको प्रमुख जिल्ला अधिकारी किरण थापाले जानकारी दिए।

प्रकाशित समय : १९:४३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु