global ime bank Long Banner Ad

गृहपृष्ठ गण्डकी प्रेदशसभा : आजदेखि बजेटमा छलफल

गण्डकी प्रेदशसभा : आजदेखि बजेटमा छलफल

गण्डकी प्रेदशसभा : आजदेखि बजेटमा छलफल

गण्डकी प्रदेश सरकारले ल्याएको आगामी आव २०८२/८३ को बजेटमाथि आजदेखि प्रदेशसभामा छलफल सुरु हुने भएको छ ।

विनियोजन विधेयक र बजेटमा मन्त्रालयगत छलफलका लागि दिउँसो १ बजे प्रदेशसभा बैठक बस्ने प्रदेशसभा सचिवालयका सूचना अधिकारी हरिबहादुर खपाङ्गी मगरले जानकारी दिए ।

बजेटमाथि यही असार १२ गतेसम्म प्रदेशसभामा छलफल भएपछि १३ गतेको बैठकमा निर्णयार्थ पेस हुने उनले बताए । प्रदेश सरकारका आर्थिक मामिलामन्त्री डा टकराज गुरुङले गत आइतबार प्रदेशसभा बैठकमा आगामी आव २०८२/०८३ का लागि ३१ अर्ब ९७ करोड ९९ लाख ९९ हजारको बजेट प्रस्तुत गरेको थियो ।

प्रकाशित समय : १३:३० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु