गृहपृष्ठ वीरगञ्ज भन्सारमा डेढ खर्ब राजस्व संकलन
वीरगञ्ज भन्सारमा डेढ खर्ब राजस्व संकलन
वीरगञ्ज भन्सार कार्यालयले चालू आवको ११ महिनामा १ खर्ब ५८ अर्ब ६० करोड ४३ लाख राजस्व सङ्कलन गरेको छ। कार्यालयले सो अवधिमा कूल वार्षिक लक्ष्यको ७९ दशमलव प्रतिशत राजस्व संकलन गरेको हो।
कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले आगामी आर्थिक वर्षको बजेटले उत्साह जगाएकाले पनि जेठमा राजस्व संकलन उत्साहप्रथ रहेको जानकारी दिए।
कार्यालयले साउनमा १२ अर्ब १५ करोड, भदौमा १३ अर्ब ४२ करोड, असोजमा १३ अर्ब ४७ करोड, कात्तिकमा ११ अर्ब १० करोड, मंसिरमा १४ अर्ब ४० करोड राजस्व संकलन गरेको थियो। त्यस्तै पुसमा १५ अर्ब ४७ करोड, माघमा १४ अर्ब ४४ करोड राजस्व संकलन गरेको थियो।
यस्तै फागुनमा १४ अर्ब ६३ करोड राजस्व संकलन गरेको छ भने चैतमा भने १५ अर्ब ४७ करोड राजस्व संकलन गरेको छ। वैशाखमा १५ अर्ब ७२ करोड राजस्व संकलन गरेको छ। जेठमा १८ अर्ब १८ करोड राजस्व संकलन गरेको छ। चालू आवको ११ महिनामध्ये जेठमा सबैभन्दा धेरै राजस्व संकलन भएको हो। भन्सार विभागले कार्यालयका लागि वार्षिक दुई खर्ब १८ अर्ब ९५ करोड रकम राजस्व संकलन गर्ने लक्ष्य निर्धारण गरेको छ।
प्रकाशित समय : १३:३४ बजे


















