global ime bank Long Banner Ad

गृहपृष्ठ दुई कम्पनीको खुलामुखी म्युचअल फण्ड सञ्चालनका लागि सेबोनले दियो अनुमती

दुई कम्पनीको खुलामुखी म्युचअल फण्ड सञ्चालनका लागि सेबोनले दियो अनुमती

दुई कम्पनीको खुलामुखी म्युचअल फण्ड सञ्चालनका लागि सेबोनले दियो अनुमती

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेवोन) ले दुई कम्पनीको खुलामुखी म्युचअल फण्ड सञ्चालनका लागि अनुमती दिएको छ ।

सिटीजन्स क्यापिटल लिमिटेडलाई सिटीजन्स सदाबहार योजना र एनआईसी एशिया क्यापिटललाई एनआईसी एशिया इक्विटी लिंक्ड इनभेष्टमेन्ट स्किम सञ्चालनका लागि बोर्डले अनुमती दिएको हो ।

सिटिजन्स क्यापिटल लिमिटेडलाई ५० करोड़ रुपैयाँ बराबरको ५ करोड़ इकाई जारी गर्न असार २ गते र एनआईसी एशिया क्यापिटललाई १ अर्ब रुपैयाँ बराबरको १० करोड़ इकाई जारी गर्न असार ३ गते बोर्डले अनुमति दिएको हो । प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यका इकाई जारी गर्न बोर्डले अनुमति प्रदान गरेको हो । यी दुबै योजना खुलामुखी प्रकृतिका रहनेछन् । बोर्डको स्वीकृति प्राप्त भएसँगे यी दुई योजनाको इकाई सार्वजनिक निष्कासनका आउनेछन् ।

प्रकाशित समय : १३:२४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु