global ime bank Long Banner Ad

गृहपृष्ठ बमको धम्कीपछि एयर इन्डियाको विमान थाइल्याण्डमा आपतकालीन अवतरण

बमको धम्कीपछि एयर इन्डियाको विमान थाइल्याण्डमा आपतकालीन अवतरण

बमको धम्कीपछि एयर इन्डियाको विमान थाइल्याण्डमा आपतकालीन अवतरण

थाइल्याण्डको फुकेटबाट नयाँ दिल्लीका लागि उडेको एयर इन्डियाको उडान AI-379 लाई आपतकालीन अवतरण गरिएको छ। बमको धम्की आएपछि शुक्रबार बिहान फुकेट विमानस्थलमै आपतकालीन अवतरण गरिएको हो।

उक्त घटनाले यात्रु र विमानस्थलका अधिकारीहरूमा त्रास सिर्जना गरेको थियो। जहाजमा १५६ यात्रु सवार थिए। जहाज उडान भरेपछि बमको धम्की आएको थियो।

थाइल्याण्डको विमानस्थलका एक अधिकारीले विमानलाई सुरक्षित अवतरण गरिएको र आपतकालीन प्रोटोकलअन्तर्गत यात्रुहरूलाई विमानबाट बाहिर निकालिएको बताए।

उडान AI-379ले फुकेट विमानस्थलबाट दिल्लीका लागि बिहान ९:३० बजे (थाइल्याण्डको समय) उडान भरेको थियो। तर, उडेको केही समयपछि बमको धम्की आएको खबर आयो,त्यसपछि पाइलटले आकाशमै चक्कर लगाएर विमानलाई फुकेटमा अवतरण गराएका हुन्।

फ्लाइटराडार २४ को तथ्याङ्क अनुसार, विमानले अण्डमान सागरमाथि ठूलो घेरा बनाएर फेरि फुकेट फर्किएको थियो। AOT ले बमको धम्की बारेमा कुनै जानकारी दिएको छैन।

बिहीबार अहमदाबादमा एयर इन्डियाको विमान दुर्घटना भएको थियो । जसमा २४१ जनाको मृत्यु भएको पुष्टि भएको छ।

प्रकाशित समय : १३:१३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु